नियम २१
सेवा उपलब्ध गराउने आधार
(१) परियोजना कार्यालयले सेवा उपलब्ध गराउँदा जिल्ला कृषि विकास कार्यालय र सम्बन्धित उपभोक्ता संस्थासंग परामर्श गरी पानी वितरणको प्राथमिकताक्रम निर्धारण गर्नेछ ।
(२) उपनियम (१) बमोजिम प्राथमिकताक्रम निर्धारण गर्दा देहायका कुरालाई आधार मान्नु
पर्नेछ :-
(क) सम्बन्धित क्षेत्रको भौगोलिक स्थिति,
(ख) जग्गाको क्षेत्रफल,
(ग) स्रोतमा उपलब्ध हुन सक्ने पानीको परिमाण,
(घ) जग्गामा लाउने बालीको किसिम,
(ङ) जग्गाको माटोको प्रकृति,
(च) संरचनाको क्षमता तथा अन्य प्राविधिक कुरा ।